Logo

२०८३, आश्विन १०गते


images
images

बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक : पौडेल

बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक : पौडेल

images
  • बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक : पौडेल
    images
    images

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको बताएका छन् । 

    images
    images
    images

    बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्यून आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पुर्‍याउन बीमा साक्षरता अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका हुन् ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बीमाको पहुँच बिस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको उल्लेख गरे। उनले जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशील समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशील रहेको बताए । 

    images
    images
    images

    उपप्रधानमन्त्री पौडेलले स्वास्थ्य बीमा, लघु बीमा, कृषि बीमा, सहुलियतपूर्ण कर्जाको बीमा बिस्तार नियमनकारी निकायको नियामकीय क्षमतामा विकास, सरल र शीघ्र दाबी भुक्तानी प्रणालीको तीव्र बिस्तार, बीमा जालसाजी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताए । उनले बीमकहरुको जोखिम न्यूनीकरणका लागि जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्ने, बीमा क्षेत्रको नियमन सबल, प्रभावकारी र व्यावसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, पुनर्बीमाको संस्थागत क्षमता वृद्धि गर्ने, बीमकको लगानी गरेको रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानीका लागि वातावरण तयार गर्ने जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । 

    अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको प्रवर्द्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको बताए । उनले सबै कार्यक्रममा मन्त्रीलाई बोलाउनुपर्छ भन्ने मान्यताबाट बाहिर निस्किन आग्रह गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।