देवदह । २०८१ सालको एसईई परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
मंगलवार सार्वजनिक भएको परीक्षा तालिका अनुसार चैत्र ७ गते बाट परीक्षा सुरु भइ चैत्र १५ गते सकिनेछ ।
पहिलो दिन चैत्र ७ गते अङ्ग्रेजी बिषयको परीक्षा हुनेछ । त्यसैगरि चैत्र ८ गते नेपाली , चैत्र ९ गते बिदा, चैत्र १० गते अनिवार्य गणित , चैत्र ११ गते बिदा, चैत्र १२ गते बिज्ञान , चैत्र १३ गते सामाजिक शिक्षा , चैत्र १४ गते अतिरिक्त प्रथम बिषय र चैत्र १५ गते अतिरिक्त दोश्रो बिषयको परीक्षा हुनेछ । यसपटक गणित र विज्ञान बिषयलाई एक एक दिन बिदा परेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology