०५ बैशाख बुटवल- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य बढाएको हो ।
भारतीय आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ पुगेको छ । निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बृद्धि गरी ७६ रुपैयाँ प्रतिलिटर पुयाएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ ।
निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४१७ रुपैयाँ ४७ पैसा घाटा रहेको छ ।
यसअिघ गत चैत २२ गते मात्र मूल्य बढाइएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology