Logo

२०८३, आश्विन १०गते


images
images

नवौं राष्ट्रिय औद्योगिक व्यापार मेला : सहकारी र आयोजक विच अन्तरक्रिया

नवौं राष्ट्रिय औद्योगिक व्यापार मेला : सहकारी र आयोजक विच अन्तरक्रिया

images
  • नवौं राष्ट्रिय औद्योगिक व्यापार मेला : सहकारी र आयोजक विच अन्तरक्रिया
    images
    images

    देवदह । नवौं राष्ट्रि देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०८१ को मुल आयोजक समिति र सहकारीकर्मीहरु विच अन्तरक्रिया सम्पन्न भएको छ । यहि माघ १० गतेदेखि २२ गते सम्म देवदह मण्डपमा हुन गईरहेको महोत्सवको तयारी र सहकारीहरुको भुमिका विषयमा अन्तरक्रिया भएको हो ।  

    images
    images
    images

    महोत्सव मुल समारोह समितिका संयोजक कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको अन्तरक्रियामा सहकारीकर्मीहरुले सहकारीका उत्पादनलाई महोत्सव मार्फत बजारीकरण गर्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    कार्यक्रमम सहकारी महासंघका सञ्चालक टिका गौतमले देवदह क्षेत्र कृषि उत्पादनको हिसावले अग्रणी रहेको भन्दै कृषकका उत्पादनलाई महोत्सवले  विशेष महत्व दिनुपर्ने बताइन् । लुम्विनी प्रदेश सहकारी विकास वोर्डका सदस्य समेत रहेकी गौतमले सहकारीहरुले महोत्सवलाई आफ्नै सम्झेर काम गर्नुपर्ने उल्लेख गरिन् ।

    images
    images
    images

    IMG-20250116-WA0001.jpg

    प्रदेश वचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटाले सहकारीहरु हरेक समाज र परिवारसंग जोडिएका संगठन भएकाले महोत्सव सफल पार्न यिनीहरुको भुमिका महत्वपूर्ण हुने उल्लेख गरे । 

    कार्यक्रममा प्रदेश वचत तथा ऋण सहकारी संघका सदस्य निर्मला अधिकारी, जिल्ला वचत तथा ऋण सहकारी संघ रुपन्देहीका सदस्य मोतिलाल ढकाल, प्रमोद खनाल, सहकारी सञ्जाल देवदहका सचिव गोविन्द ठडराई, अनुग्रह कृषि सहकारीका डिल्लीप्रसाद खनाल, निरन्तर महिला सहकारीका मीना पौडेल, चेली कृषि सहकारीका देवी अधिकरी, आफन्त साकोसका चन्द्रकान्त पराजुली, वरपिपल कृषि सहकारीका तेजलाल डुम्रे लगाएतले बोलेका थिए ।

    महोत्सवका सचिवालय संयोजक तथा देवदह व्यापार संघका महासचिव हरिलाल भण्डारीको सञ्चालनमा कार्यक्रम भएको हो ।
    ‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित महोत्सव सञ्चालन हुँदैछ । 

    महोत्सवका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन भएर तिब्रताका साथ काम गरिरहेको महोत्सवका सचिवालय संयोजक हरिलाल भण्डारीले जानकारी दिए । करिव १० करोड रुपैंया बराबरको कारोवार र १ करोड खर्च अनुमान गरिएको महोत्सवमा ६ लाख बढि दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको संयोजक भण्डारीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।