काठमाडौं । भारतमा जारी खो खो विश्वकप २०२५ अन्तर्गत नेपालको पुरूष टोली पनि सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा बंगलादेशलाई ६७-१८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालले अब फाइनल प्रवेशका लागि इरानसँग खेल्ने छ । सेमिफाइनल खेल शनिबार साँझ हुनेछ ।
नेपाल समूह ए को उपविजेताका रूपमा क्वाटरफाइनल खेलेको थियो । नेपाल समूह चरणको पहिलो खेलमा भारतसँग पराजित हुँदा दोस्रो खेलमा पेरू, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।
महिलातर्फ पनि नेपालको टोली क्वाटरफाइनलमा इरानलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology