काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले इंग्ल्यान्डविरुद्धको एकदिवसीय तथा च्याम्पियन्स ट्रफीका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ। भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो।
तीव्र गतिका बलर मोहम्मद शामीले एक वर्षपछि टिममा पुनरागमन गरेका छन्। शामी चोटका कारण नोभेम्बर २०२३ मा टिमबाट बाहिरिएका थिए।
स्क्वाडमा ४ अलराउन्डर राखिएको छ। रोहित शर्माले पर्याप्त अप्सन टिमका लागि महत्वपूर्ण हुने बताए। उनले भने, ‘जो बलिङ पनि गर्न सफल होस् साथमा आवश्यकताअनुसार ब्याटिङ पनि गरोस्।’
च्याम्पियन्स ट्रफी १९ फेब्रुअरीदेखि ९ मार्चसम्म पाकिस्तान र युएईका ४ शहरमा आयोजना हुँदै छ। जसमा लाहोर, कराँची, रावलपिन्डी र दुबई रहेका छन्। भारतीय टिमका सबै खेल दुबईमा आयोजना हुनेछ। पाकिस्तान र भारतबीचको खेल २३ फेब्रअरीमा हुँदै छ।
भारतीय टिममा २०२३ को एकदिवसीय विश्वकप खेलेका ११ खेलाडी च्याम्पियन्स ट्रफीको स्क्वाडमा पर्दा विश्वकपको स्क्वाडमा रहेका सूर्यकुमार यादव, इशान किशन, शार्दुल ठाकुर र मोहम्मद सिराजलाई ड्रप गरिएको छ। यो पटक ऋषभ पन्त, यशश्वी जैसवाल, वासिगटन सुन्दर तथा अर्शदीप सिंहले टिममा मौका पाएका छन्।
यस्तो छ घोषित भारतीय टिम
रोहित शर्मा (कप्तान) शुभमन गिल, यशश्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल, वासिंगटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद शामी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology