Logo

२०८३, आश्विन ९गते


images
images

इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन

इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन

images
  • इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन
    फाइल फोटो
    images
    images

    जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको जनाएको छ।

    images
    images
    images

    आइतबारदेखि सुरु हुने युद्धविरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई र बमबारी रोकिनेछ।

    images
    images
    images

    यसले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायली जेलबाट सयौं प्यालेस्टिनी कैदीको बदलामा उक्त क्षेत्रमा रहेका बन्धकहरूलाई रिहा गर्न निर्देशित गरेको छ।

    images
    images
    images

    नेतन्याहूको कार्यालयले शनिबार बिहान मन्त्रिपरिषद्मा भएको मतदानपछि भने, ‘सरकारले बन्धक फिर्ता गर्ने योजनालाई अनुमोदन गरेको छ।’

    इजरायलको न्याय मन्त्रालयले पहिलो चरणको सम्झौताअनुसार ७३७ जना कैदी बन्दीलाई रिहा गरिने जनाएको छ।

    इजरायली सेनाले युद्धविराम सम्झौताको घोषणा भएपछि पनि कारबाहीलाई जारी राखेको थियो, जसबाट दर्जनौंको ज्यान गुमेको छ। सेनाले बिहीबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘सेनाले विगत २४ घण्टामा गाजाका करिब ५० वटा लक्ष्यमा आक्रमण गरेको छ।’

    अमेरिकी राष्ट्रपति जो बाइडनको टोलीसँग मिलेर सम्झौता गर्ने श्रेय लिएका डोनाल्ड ट्रम्पको सपथ ग्रहणको पूर्वसन्ध्यामा यो युद्धविराम लागू हुन लागेको हो।

    नेतान्याहूको कार्यालयले यसलाई ‘युद्धको उद्देश्य हासिल गर्न समर्थन गर्ने’ भन्दै इजरायलको सुरक्षा क्याबिनेटले यसलाई अनुमोदन गरेको थियो।

    प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले प्यालेस्टनी प्राधिकरणले युद्धपछि गाजामा पूर्ण जिम्मेवारी लिने तयारी पूरा गरेको बताएका छन्।

    युद्धविराम सुरु हुनुअघि नै विस्थापित गाजावासीहरू घर फर्कने तयारी गरिरहेको स्थानीय सञ्चारमाध्यमबाट प्रशारित समाचारमा जनाइएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।