Logo

२०८३, आश्विन १०गते


images
images

नेपाली खो खो टोलीलाई इतिहास रच्ने अवसर

नेपाली खो खो टोलीलाई इतिहास रच्ने अवसर

images
  • नेपाली खो खो टोलीलाई इतिहास रच्ने अवसर
    images
    images

    काठमाडौं । नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनल प्रतिष्पर्धा गर्दैछन् । आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ । नेपाली राष्ट्रिय पुरुष टिमले खो खो विश्वकपको उपाधिका लागि आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको सेमिफाइनलमा नेपालले उपाधि दाबेदार इरानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

    images
    images
    images

    भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २० अंकले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।नेपालले भारतसँग पराजित हुँदै विश्वकप यात्रा सुरू गरेको थियो । नेपाल सोही हारको बदला लिने योजनामा हुनेछ ।
    नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा इरानविरुद्ध नेपालले टस जितेर पहिले डिफेन्स रोजेको थियो ।

    images
    images
    images

    अपराजित रहँदै अन्तिम चारमा पुगेको इरानले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । अट्याकमा रहेको इरानलाई नेपालले ८ अंक मात्र जोड्न दियो । नेपालले ड्रिम रनमा तीन अंक बटुल्यो । टर्न टुको सात मिनेटमा नेपालले ३२ अंक हात पार्‍यो। समग्रमा नेपालले ३५–८ को अग्रता सहित इरानमाथि पकड जमाएको थियो ।

    images
    images
    images

    तेस्रो टर्नमा डिफेन्समा रहेको नेपालले एक अंक प्राप्त गर्‍यो । तेस्रो टर्नमा इरानले १२ अंक जोडेको थियो । चौथो टर्नमा ५२ अंक थपेपछि नेपाल समग्रमा ७२–२० को जित सहित उपाधि नजिक पुगेको हो । जनक चन्द ‘प्लयेर अफ द म्याच’ बने । समूह चरणमा भारतसँगको हारपछि नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो । समूह चरणमा नेपालले पेरु, ब्राजिल र भुटानलाई हरायो ।

    क्वार्टरफाइनलमा बंगलादेशमाथि जित दर्ता गरेको थियो । इरानले भने जारी विश्वकपमा बेहोरेको यो नै पहिलो हार हो । फाइनल खेल नेपाली समयअनुसार राति साढे ८ बजे सुरू हुनेछ । आजै नेपालको महिला टोलीले पनि भारत विरुद्ध नै महिलातर्फको उपाधिका लागि खेल्दै छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली खो खो टोली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।