रिया बस्नेत, रुपन्देही । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले विद्यालयलाई किशोरीमैत्री बनाउन र हरेक विद्यालयमा स्टाफ नर्सको दरबन्दी कायम गर्न माग गरेको छ ।
विभिन्न १२ बुँदे माग सहित रुपन्देहीका सम्पुर्ण स्थानिय तहहरुमा ज्ञापन पत्र बुझाएको क्रान्तिकारीले महिला अधिकार र सुरक्षा लगायतका विषय उठान गर्दै उक्त माग गरेको हो ।
महिला संघले बिभिन्न सार्वजनिक स्थलहरु जस्तै: अस्पताल, शिक्षण संस्थाहरु भएकाे क्षेत्रमा ध्रम्रपान, मद्यपान र जुवातास निशेधित क्षेत्र घाेषणा र माध्यमिक तहसम्म किशोरी मैत्री बाताबरण बनाउनुपर्ने लगायतका माग अगाडि सारेको छ । त्यसैगरी किशोरीहरुलाई आराम कक्षा, व्यबस्थित शैचालय र सेनेटरि प्याडकाे व्यबस्था गर्न र लैङ्गकि उत्तरदायी सम्बन्धि १० प्रतिशत बजेट व्यबस्था गरि सिपमुलक तालिमहरुकाे व्यबस्था गर्नुपर्ने लगायतका मागहरु अगाडि सारेको अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देही ईन्चार्ज रिज्जु श्रेष्ठले बताइन् ।
देशव्यापी रुपमा गरिएकाे सो कार्यक्रम ४ महिनासम्म चल्ने महिला संघले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology