Logo

२०८३, आश्विन ९गते


images
images

देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुने

देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुने

images
  • देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुने
    फाइल फोटो
    images
    images

    लुम्बिनी ।  लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन शुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट सञ्चालन गरिने भएको हो ।

    images
    images
    images

    देवदह शितलनगरबाट मणिग्राम, भैरहवा बेलहिया एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा विजुली बस सञ्चालन गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । उनका अनुसार हप्ताको तीन दिन देवदह र ३ दिन बुद्धको अस्तीधातु रहेको रामग्रामबाट विजुली बस सञ्चालन गर्ने गरी नयाँ रुट बनाइएको हो ।

    images
    images
    images

    कोषाध्यक्ष भट्टराईले कोषले बृहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिने गरी विजुली गाडी ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर सञ्चालन गरिएको बताए । उनले रामग्राम, देवदह र पण्डितपुर जस्ता ऐतिहासिक पुरातात्विक क्षेत्रको विकास, संरक्षण र प्रबद्र्धन गर्ने गरी देवदह कार्यालयमा हप्ताको २ दिने  बसेर सेवा दिन थालेको समेत बताए ।

    images
    images
    images

    पुरातात्विक  धार्मिक क्षेत्रको स्थानीय पालिका, सामुदायिक संगठन र संस्थाहरू संग मिलेर कोषको निति स्थानियसँग लुम्बिनी कार्यक्रम अबधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस धम्मयात्रा लेखेर परीक्षण स्वरुप सञ्चालन गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्युतीय बस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।