Logo

२०८३, आश्विन ९गते


images
images

बिचार

चौध ब्यक्ति २७ पटक प्रधानमन्त्री बनेको देशमा वैदेशिक ॠण प्रतिव्यक्ति ५२ हजार !

चौध ब्यक्ति २७ पटक प्रधानमन्त्री बनेको देशमा वैदेशिक ॠण प्रतिव्यक्ति ५२ हजार !

images
  • चौध ब्यक्ति २७ पटक प्रधानमन्त्री बनेको देशमा वैदेशिक ॠण प्रतिव्यक्ति ५२ हजार !
    images
    images

    देशमा एउटा अभूतपूर्व संकट यसकारण पनि छ– देशको अर्थतन्त्र, उद्यम, व्यवसाय, ठूलाठूला आयोजना, बैंकिङ प्रणालीमा पनि दीर्घकालीन गम्भीर असर पर्ने ढङ्गको परिस्थिति बनिरहेको छ । अर्थतन्त्र सुस्त छ । आर्थिक वृद्धिदर ओरालो लागिरहेको छ ।

    images
    images
    images

    रेमिटान्स, वैदेशिक अनुदान सहयोग र ॠणले धानेको अर्थतन्त्रमा पनि भ्रस्टाचार ब्याप्त छ। मुठ्ठीभर शासकहरुले पालैपालो चुसिरहेको छन।

    images
    images
    images

    केन्द्र देखि स्थानीय तहसम्म, पार्टी अध्यक्ष देखि साधारण सदस्य सम्म, महानिर्देशक हाकिम देखि पियन सम्म सबै भ्रस्टाचार र कमिसनमा लिप्त छन ।

    images
    images
    images

    वि.सं. २०४६ सालपछिको आँकडा हेर्ने हो भने गत तीन दशकमा नेपालमा फेरिएका प्रधानमन्त्रीको लामो लिस्ट देख्दा खित्का छुट्छ । अर्थतन्त्र ओरालो लागेको र वैदेशिक ॠण प्रतिब्यक्ती पचास हजार नाँघेको देख्दा आँसु झर्छ । 

    जातिय विभेद र वर्गिय असमानता चुलिदो छ।धनी झन धनी र गरिब झन गरिब बन्दै छ।

    वि.सं. २०४६ सालपछिको आँकडा हेर्ने हो भने गत तीन दशकमा नेपालमा फेरिएका प्रधानमन्त्रीको लामो लिस्ट देख्दा खित्का छुट्छ । अर्थतन्त्र ओरालो लागेको र वैदेशिक ॠण प्रतिब्यक्ती पचास हजार नाँघेको देख्दा आँसु झर्छ । 

    हेरौं बिकसित देश फ्रान्स, बेलायत र अमेरिकाको तथ्यांक -

    फ्रान्स - फ्रान्को मिटेरान्ड, ज्याक सिराक, निकोलास सारकोजी, फ्रान्सिस होल्याण्ड र इमानुएल म्याक्रोन गरी जम्मा ५ जना राष्ट्रपति भए । 

    वेलायत - मार्गरेट थ्याचर, जोन मेजर, टोनी ब्लेयर, गोर्डन ब्राउन, डेबिड क्यामरुन, थेरेसा मे र बोरिस जोनसन गरी ७ जना प्रधानमन्त्री भए ।

    अमेरिका - रोनाल्ड रेगन, जर्ज बुश, बिल क्लिन्टन, जर्ज डब्लु बुश, बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेन गरी जम्मा ७ जना राष्ट्रपति भए ।

    अब नेपाललाई हेरौँ

    कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द (तेश्रोपटक), सूर्यबहादुर थापा (चौंथोपटक), गिरिजाप्रसाद कोइराला (दोश्रोपटक), कृष्णप्रसाद भट्टराई (दोश्रोपटक), गिरिजाप्रसाद कोइराला (तेश्रोपटक), शेरबहादुर देउवा (दोश्रोपटक), ज्ञानेन्द्रको प्रत्यक्ष शासन, लोकेन्द्रबहादुर चन्द (चौंथोपटक), सूर्यबहादुर थापा (पाँचौंपटक), शेरबहादुर देउवा (तेश्रोपटक), ज्ञानेन्द्रको प्रत्यक्ष शासन, गिरिजाप्रसाद कोइराला (चौंथोपटक), गिरिजाप्रसाद कोइराला (पाँचौंपटक), पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशिल कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल (दोश्रोपटक), शेरबहादुर देउवा (चौंथोपटक), केपी शर्मा ओली (दोश्रोपटक)।

    २०४६ सालपछि देशमा १४ जना व्यक्तिहरू २७ पटक प्रधानमन्त्री भए । यो लिष्टमा नामहरू जति थपिँदै गए, त्यति नै नेपालीका दुःख र कष्टका दिनहरू पनि थपिदै गए भन्दा अतियुक्ती नहोला।

    ✍️ रामचन्द्र तिम्सिना (आवाज)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।