कृष्ण अन्जान, रुरु । नेकपा एमालेले आफ्नो जनवर्गीय संगठन अखिल नेपाल किसान महासङ्घका संगठन सुदृढीकरण र सदस्यता बितरण अभियानलाई टोलटोल सम्म पुर्याउने जनाएको छ ।
महासङ्घको सम्पन्न गुल्मी जिल्ला स्तरीय भेलाले आम किसानहरूलाई सङ्गठित गर्दै आफ्नो अभियान गाउँ गाउँ टोलटोल सम्म पुर्याउने भएको छ ।
महासङ्घले असोज १० गते सम्म सबै गाउँ र नगरपालिकामा संगठन विस्तार गर्दै पालिका स्तरको कमिटी गठन गर्ने र मंसिर १० गते भित्र सबै ९३ वडाहरूमा किसान महासङ्घको वडा कमिटी गठन गरिने भएको छ । यसै गरि किसान महासङ्घका विषयगत कमिटीहरू का साथै उत्पादन समूह पनि गठन गरिने भएको छ ।
हाम्रो अभियानमा किसानका समस्या राज्यबाट आउने अनुदान लक्षित बर्ग सम्म पुगेको नपाईएकोले यसलाई वास्तविक किसान सम्म पुर्याउन किसान जागरण अभियान समेत चलाउने तयारी गरिएको अखिल नेपाल किसान महासङ्घका प्रदेश सदस्य तथा दुग्ध उत्पादन महासङ्घका गुल्मी जिल्ला संयोजक रविलाल पन्तले सेतोमासीलाइ बताए ।
सदरमुकाम तम्घासमा आयाेजना गरिएको भेलामा सबै पालिकामा अखिल नेपाल किसान महासङ्घका इन्चार्ज समेत तोकिएको अखिल नेपाल किसान महासङ्घका प्रदेश सदस्य पन्तले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology