सन्धिखर्क । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले माघ २२ गतेदेखि एच.पि.भी. खोप सुरु गर्ने भएको छ । अभियानको रुपमा जिल्लाभर नै खोप सञ्चालन हुने जिल्लास्तरीय खोप समन्वय समितिले जनाएको छ ।
कार्यक्रममाथि प्रकाश पार्दै महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर रोगलाई लक्षित गरेर खोप अभियान सञ्चालन गर्न लागिएको खोप कार्यक्रम सुपरभाइजर विजय बि.क.ले बताए । नियमित एच.पि.भी. खोप सेवा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय बाहिरका ११ देखि १४ वर्षसम्मका किशोरीहरू लक्षित खोप अभियान सञ्चालन गरिने बि.क.को भनाई छ ।
अभियान यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिन सुरु गरि फागुन ६ गतेसम्म देशैभर सञ्चालन हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology