Logo

२०८३, आश्विन १२गते


images
images

पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै

पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै

images
  • पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै
    images
    images

    राजेश पराजुली, पोखरा । पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ ।

    images
    images
    images

    समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै धार्मिक महोत्सवको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । महोत्सव फाल्गुन ९ गतेदेखी १५ गतेसम्म चल्नेछ । यस अघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् ।

    images
    images
    images

    पर्यटकीय राजधानी पोखरा आउने पर्यटकको बसाई एक दिन लम्ब्याउने उद्देश्य अनुरुप साझको समयमा विशाल शिवको मुर्तिलाइ पर्दा बनाइ लेजर लाइट मार्फत शिवलिला प्रदर्शन गर्ने, कैलाश पर्वतदेखी सुमेरु पर्वतसम्म पहुँच विस्तार गर्न सिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तराष्टृय ध्यान केन्द्रमा इको साउन्ड नियन्त्रण गर्ने जस्ता रणनैतिक लक्ष्य महोत्सवले राखेको छ भने समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यलाइ आध्यात्मिक जागरण मार्फत हाम्रो मन,चित्त शुद्धीकरण गर्ने र सनातन धर्मको संरक्षण गर्दै आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पुम्दिकोट बनाउने मुल उद्देश्य सहित महोत्सवको आयोजना गरिएको हो ।

    images
    images
    images

    महोत्सवमा दैनिक कथा वाचिका राधिका दासिबाट भागवतमन्जरी वाचन हुनेछ । महोत्सव अन्तर्गत फागुन ९ गते कलशयात्रा पुर्वाङ्ग पुजा एव आरम्भ गरिने छ भने नियमित दैनिक कार्यक्रम पनि रहनेछन् । दैनिक बिहान ७ देखि १० बजेसम्म नित्यपुजा, पाठपारायण र जप, बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म भागवतमन्जरी, हरेक दिन बेलुका ५ बजे महाआरती, साझ साढे ६ बजेदेखी ९ बजेसम्म महात्म्य तथा सास्कृतिक झाकी, फागुन १४ गते साझ लाखबत्ती प्रज्वलन गरिनेछ भने १५ गते अपराह्न साढे ४ बजे हवन, पुर्णाहुति, अभिषेक, तिलक प्रसाद ग्रहण लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सवमा दान गर्ने दाताहरुलाइ दान रकमको आधारमा विगतका महायज्ञ सरह सम्मान गरिनेछ ।

    यसैबिच, पुम्दिकोट धार्मिक महोत्सवका लागि ११९० मुल आयोजक समिती गठन गरिएको छ । पुम्दिकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा महोत्सव मुल आयोजक समिती गठन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख धनराज आचार्यले पालिकाको यो वडाभित्र पर्ने धार्मिक सरचना र कार्यक्रमको लागि आफुले पालिकाले लिनुपर्ने सबै जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन् ।

    उनले यो धार्मिक सरचनालाई अझै बृहत् र आकर्षक बनाउदै लैजानुपर्ने आवश्यकता रहेको र त्यसको पहलकदमी आफुले लिने समेत प्रतिबद्धता व्यक्त गरे । मुल आयोजक समितिका अध्यक्ष चन्द्रकान्त बरालले हाम्रा पुर्वजहरुले बनाएका सिहदरबार जस्तै सरचना हाम्रो पालामा पनि बन्न जरुरि रहेको बताए ।

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सासद प्रकाश बरालले पशुपतिनाथ पछाडी सबैभन्दा धेरै पर्यटक आउने यो धार्मिक स्थलमा पर्यटकीय आतिथ्यतामा पनि विशेष ध्यान दिन जरुरी रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले पुम्दिकोट जाने बाटो एक तर्फी बनाउनुपर्ने सुझाव दिएका थिए । त्यस्तै कार्यक्रममा पुर्व वडा अध्यक्ष मित्रलाल बराल, पत्रकार महासंघ पुर्व केन्दृय सदस्य सुस्मा पौडेल,कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन समितिका सल्लाहकार मातृका प्रसाद बरालले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धार्मिक महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।