Logo

२०८३, आश्विन १०गते


images
images

न्यू नमुनामा स्काउटको दीक्षान्त समारोह

न्यू नमुनामा स्काउटको दीक्षान्त समारोह

images
  • न्यू नमुनामा स्काउटको दीक्षान्त समारोह
    images
    images

    देवदह । न्यू नमुना माध्यमिक विद्यालयमा स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमबीच विद्यालयका १९ जना छात्र र २१ छात्रालाई दीक्षित गरिएको विद्यालयका सूचना अधिकारी हेमराज चालिसेले जानकारी दिए । 

    images
    images
    images

    स्काउटको दीक्षान्त समारोहमा बोल्दै देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले विद्यार्थी पढाइ सँगसँगै जनचेतनामूलक र सामाजिक कार्यमा पनि लाग्नुपर्ने बताए । विद्यार्थीहरु भोलिको देशका कर्णदार भएकोले सबै क्षेत्रमा अब्बल नागरिक उत्पादन गर्न स्काउटजस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

    images
    images
    images

    स्काउटको दीक्षान्त समारोहमा देवदह -९ का वडाध्यक्ष मोहनबहादुर जिसी, देवदह नगर स्काउट आयुक्त विकास गहतराज, विद्यालयका प्राचार्य चुराबहादुर थापा, स्कुलका स्काउट शिक्षक पुष्पा पुन, शिक्षक लक्ष्मी पुन लगायतले बोलेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।