Logo

२०८३, कार्तिक २८गते


images
images

विज्ञान तथा प्रविधि प्रदर्शनीमा केरवानी मावि प्रथम

विज्ञान तथा प्रविधि प्रदर्शनीमा केरवानी मावि प्रथम

images
  • विज्ञान तथा प्रविधि प्रदर्शनीमा केरवानी मावि प्रथम
    images

    देवदह । रूपन्देहीको देवदहमा सञ्चालन भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आयोजना गरिएको विज्ञान तथा प्रविधि प्रदर्शनीमा केरवानी माध्यमिक विद्यालय देवदह–५, प्रथम भएको छ । आइतबार सार्वजनिक भएको नतिजा अनुसार ११७.५ अंकका साथ केरवानी मावि प्रथम भएको हो । 

    images
    images
    images

    प्रतियोगितामा ११५ अंकका साथ सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७ द्धितिय तथा ९७ अंकका साथ न्यू नमुना ईङलिस बोडिङ्ग स्कुल देवदह–९, भलुही तृतिय भएको विज्ञान तथा प्रविधि प्रदर्शनी निर्णायक संयोजक चिरञ्जीवि रेग्मीले जानकारी दिए । 

    images
    images
    images

    प्रदर्शनीमा सेभेनस्टार बोर्डिंङ्ग स्कुल, देवदह मदरटङ्गस एकेडेमी, बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय, देवदह ईङलिस बोडिङ्ग स्कुल, सिता माध्यमिक विद्यालय, युगज्योति माध्यमिक विद्यालय र जनप्रिय माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।
     

    images
    images

    महोत्सवमा अन्तर वडास्तरीय भलिवल प्रतियोगिता हुने 

    यसैगरी नवौं महोत्सवमा अन्तर वडास्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । महोत्सव स्थलमा यही माघ १५ गते देखि १८ गते सम्म अन्तर वडास्तरीय भलिवल प्रतियोगिता हुने खेलकुद तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक खेमराज चापागाईले जानकारी दिए । प्रतियोगितामा देवदहको १२ वटै वडाबाट सहभागि हुने जनाइएको छ । 

    प्रतियोगिताका विजेताले नगद ३० हजार र ट्रफी, उपविजेता टिमले नगद २० हजार र ट्रफी तथा तृतिय टिमले नगद १० हजार र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा करिव ३ लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ । 

    भलिवल राष्ट्रिय खेल भएकोले यसको प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव स्थलमा भलिवल प्रतियोगिता आयोजना गरेको मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिए  । प्रतियोगिताको माध्यमबाट भलिवल खेलाडी उत्पादन, खेलाडीलाई प्रोत्साहन, खेलको संरक्षण गर्ने गरी प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । 

    प्रतियोगिता अन्र्तगत भेन्ट्रास तथा आयोजक र पत्रकारहरु वीच मैत्रीपूर्ण खेल हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।