Logo

२०८३, आश्विन १०गते


images
images

महिला टी-२०आई शृंखलामा नेपालले आज थाइल्याण्डसँग खेल्दै

महिला टी-२०आई शृंखलामा नेपालले आज थाइल्याण्डसँग खेल्दै

images
  • महिला टी-२०आई शृंखलामा नेपालले आज थाइल्याण्डसँग खेल्दै
    images
    images

    काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार थाइल्याण्डसँग खेल्दै छ ।

    images
    images
    images

    खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।

    images
    images
    images

    बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने शुक्रबार थाइल्याण्डले नेदरल्याण्ड्सलाई हराएको थियो ।

    images
    images
    images

    महिला टी-२०आई वरियतामा थाइल्याण्ड १३औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ । नेपालमा आएर थाइल्याण्डले पहिलोपटक खेल्न लागेको हो ।

    शृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

    फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।

    नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्‍वरी विष्ट 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला टी-२०आई शृंखला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।