Logo

२०८३, आश्विन ९गते


images
images

टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा

टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा

images
  • टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा
    images
    images

    कास्की । आयोजक टोली टाइगर ग्रुप पोखरा यहाँ जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

    images
    images
    images

    पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोटस क्लबलाई ३–१ सेटले पराजित गरेको हो । 

    images
    images
    images

    पहिलो सेट १६–२५ अंकले गुमाएको टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९ अंकले, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२३ अंकले आफ्नो पक्षमा पारेको हो । टाइगर ग्रुपले उपाधिका लागि आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

    images
    images
    images

    पराजित भई तेस्रो भएको न्यू डायमण्डले  एक लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । 

    प्रतियोगितामा पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश भलिबल सङ्घ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । 

    प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान पाँच लाख ८५ हजार पाँच सय ५५ तथा द्वितीय हुने टोलीलाई समान दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् ।

    महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीलाई जनही २५ हजार सात सय ७७ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टाइगर कप भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।