Logo

२०८३, श्रावण २७गते


images
images

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

images
  • आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक  बहुमतले पारित
    images
    images

    काठमाडौँ,    प्रतिनिधिसभाको  आजको बैठकले “आर्थिक विधेयक, २०७८” र “राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त दुई विधेयक सभाको बहुमतले पारित गरेको हो ।  

    images
    images
    images


    उक्त विधेयकहरू माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्पत्तिको आधारमा कर लगाउने गरी व्यवस्था आर्थिक विधेयकमा नगरिएको तथा मानव स्वास्थ्यमा हानी पुर्‍याउने कुराहरूमा बढी कर लगाउने व्यवस्था गरिएको जानकारी गराए  ।

    images
    images
    images

    अर्थमन्त्री शर्माले बागमती प्रदेशमा रहेका उद्योगधन्दाहरूलाई अन्यत्र सार्ने प्रक्रियाका प्रक्रिया प्रारम्भ भएको बताए । “आर्थिक विधेयक, २०७८” “राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि सांसद प्रेम सुवालले मात्रै संशोधन हाल्नुभएको थियो र छलफलमा भाग लिएका थीए  ।  बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले “विनियोजन विधेयक, २०७८” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो ।

    images
    images
    images

    प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दलका सांसदहरुले रोष्टम अगाडि पुगेर नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले यथास्थानमा बसेर बैठक सञ्चालनका लागि आग्रह गरेका थीए  । सांसद सभामुखले संसद् लोकतान्त्रिक अभ्यास गर्ने उच्चतम थलो भएकाले संसद्मा गरिने अवरोधले लोकतान्त्रिक अभ्यासमाथि सङ्कुचन ल्याउने बताए  ।  प्रतिनिधिसभाको अर्को बैठक असोज ११ गते सोमबार दिउँसो २ः०० बजे बस्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आर्थिक विधेयक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।