Logo

२०८३, आश्विन ९गते


images
images

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो महिला विश्व कपको उपाधि

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो महिला विश्व कपको उपाधि

images
  • दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो महिला विश्व कपको उपाधि
    images
    images

    काठमाडौं । भारत दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको विजेता बनेको छ ।

    images
    images
    images

    आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारत दोस्रो पटक विजेता बनेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    images
    images
    images

    भारतका लागि अविजित रहेका गोंगडी त्रिशाले सर्वाधिक ४४ रन जोडिन् । उनले ३३ बलमा ८ चौका प्रहार गरिन् । सानिका चल्केले २२ बलमा ४ चौकाको सहयोगमा नट आउट २६ रन बनाइन् ।

    images
    images
    images

    दक्षिण अफ्रिकाका लागि कायला रेनेकेले १ विकेट लिइन् । त्यसअघि बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा गुमाउँदै ८२ रनमा अल आउट भएको थियो ।

    दक्षिण अफ्रिकाका लागि मिकी भान वुर्स्टले सर्वाधिक २३ रन जोडिन् । ओपनर जिम्मा बोथा १६, फे काउलिङ १५ र काराबो मेसो १० रनमा आउट भइन् ।

    भारतका लागि गोंगडी त्रिशाले ३, वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले समान २ तथा शबनम शाकिलले १ विकेट लिइन् । पहिलो संस्करणमा इङ्ग्ल्याण्डलाई हराउँदै भारत विजेता बनेको थियो ।

    यस विश्वकपमा नेपालको पनि सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।