देवदह । रुपन्देहीको देवदह-७ मा जारी ब्युटिसियन आधारभूत तालिम सम्पन्न भएको छ । बिहिबार एक कार्यक्रमा बीच वडा अध्यक्ष कृष्ण प्रसाद सापकोटाले तालिमको समापन गरे ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष अधिकारीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गरे । "जीवनमा सिप आवश्यक छ ।" उनले भने, "राज्यले लगानी गरेर दिएको तालिममा सिकेको कुरा आफ्नो व्यक्तिगत जीवनमा मात्र नभएर व्यावसायिक जीवनमा समेत लागु गर्न जरुरी छ ।"
गत मंसिर २७ सुरु भएको ४५ दिने तालिममा २५ जना महिला प्रशिक्षार्थी सहभागी थिए । तालिममा १ लाख ५० हजार खर्च भएको वडा कार्यालयले जनाएको छ ।
ब्युटिसियन माया सुवेदी तालिमको सहजीकरण गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology