Logo

२०८३, आश्विन ९गते


images
images

खाने पानी र घेरबार नहुदाँ बिद्धार्थीलाई समस्या 

खाने पानी र घेरबार नहुदाँ बिद्धार्थीलाई समस्या 

images
  • सेतोमसी सहकर्मी
  • खाने पानी र घेरबार नहुदाँ बिद्धार्थीलाई समस्या 
    images
    images

     

    images
    images
    images

    रमेश बहादुर सिह,  बझाङ । २०८ साल पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको दुर्गाथली गाउपालिका २  जुजिस्थित चौधारी माध्यामिक विद्यालयमा खाने पानी र घेरबार नहुँदा समस्याको रुपमा परिणत भएको छ । सरोकारवाला निकायले विद्यालयको खाने पानी र घेरबार निर्माणमा ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धरापको रुपमा विकास भएको प्रधानाध्यापक खगेन्द्र मिश्र बताउँछन् । 

    images
    images
    images

    राजनीतिक खिचातानीका कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ । १३ जना शिक्षक कार्यरत विद्यालयमा २५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् कक्षा पाँच देखि १२  सम्म पढाइ हुने विद्यालयमा पाँच देखि आठ सम्म जम्मा छ जना मात्र बिद्धार्थी  रहेका छन । नजिकै विद्यालयको  पन्द्र  मिटरको धुरिमा तिन वटा सरकारी बिद्धालय र दुई वटा बोडिङ रहेकाले  बिद्धार्थी  को सङ्ख्यामा कमी आएको प्रधानाध्यापक खगेन्द्र मिश्रले जनाएका छन्। 

    images
    images
    images

    “म प्रधानाध्यापक भए देखि विद्यालयमा खाने पानी र घेरबार निर्माणका लागि धेरै पटक पालिकामा गए पनि मुस्किलले यो आर्थिक वर्षमा रकम विनियोजन गर्छौ उनले भने , विद्यालयमा खाने पानी र घेरबार निर्माण हुन सक्दैन । यो हात्तीको मुखमा जिरा भएको जस्तै हो ।” उनले  भने विद्यालयमा खानेपानी, शौचालयसमेत नहुँदा विद्यार्थी हैरान भएका छन् । हामी सबै गाउँले मिलेर निर्माण गरेको विद्यालय हो, कसैले हेरेका छैनन् उनले भने । दुर्गाथली गाउपालिका प्रमुख प्रयागराज जोशीले विद्यालयमा देखिएको समस्या समाधानका लागि पहल गरिने बताए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रमेश बहादुर सिंह
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।