देवदह । लियो क्लब अफ बुटवल मणिमुकुन्द युथले भविष्य निर्माण मावि देवदह–२ मा सेनेटरी प्याड डिस्पोजेवल मेसिन हस्तान्तरण गरेको छ । वातावरणीय स्वास्थ्य र स्वच्छताका लागि विशेष योगदान पु¥याउने उद्देश्यले उक्त मेसिन हस्तान्तरण गरिएको हो ।
सोहि अवसरमा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले स्वास्थ्य मानव जीवनको अभिन्न अङ्ग भएको बताउँदै डिस्पोजेवल मेसिनले वातावरणलाई सफा राख्न मद्धत गर्ने बताइन् । ‘महिनावारीको समयमा यसैपनि महिलाहरु मानसिक र शारिरीक रुपमा कमजोर हुने गर्छन् ।’ उनले भनिन्, ‘डिस्पोजेवल मेसिन विद्यालयमै भएपछि किशोरीहरुलाई आफुले प्रयोग गरेको प्याड कहाँ फाल्ने भन्ने चिन्ता कम हुनेछ । जसका कारण किशोरीहरुलाई पढाईमा ध्यान केन्द्रित गर्न मद्धत पुग्दछ ।’
लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ द्वारा गरिएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पि नेपालका डिस्ट्रिक्ट गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, लियो जिल्ला परिषद ३२५ पि नेपालका अध्यक्ष श्रद्धा कुँवर, प्रधानाध्यापक गोविन्द प्रसाद भुषाल लगाएतले बोल्दै कशोरी तथा विद्यालयका छात्राहरूको स्वच्छता प्रवद्र्धन गर्न मेसिनले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
केरवानी स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीको समन्वय, क्लबका अध्यक्ष रबिन सुनारको अध्यक्षता, संस्थापक अध्यक्ष सन्तोष खरेलको स्वागत र सुरेश पोखरेलको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology