देवदह । देवदहको चरंगेमा वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ । देवदह आदर्श बहुमुखी क्याम्पसको आयोजनामा आइतबार निर्माण बहुउद्धेशीय सहकारी संस्थाका शेयर सदस्यलाई तालिम दिइएको हो ।
सहकारीको आतिथ्यता र क्याम्पसको आयोजनामा एकदिने वित्तिय साक्षरता तालिम संचालन गरिएको निर्माण सहकारीका व्यवस्थापक सुशिला भण्डारीले जानकारी दिइन् ।
सहकारीको चरंगे सेवा केन्द्रमा संचालन गरिएको तालिममा आदर्श क्याम्पसका क्याम्पस प्रमुख जयकिसन अधिकारीले प्रशिक्षित गरेका थिए । तालिममा ४० जना शेयर सदस्य सहभागी रहेको जनाइएको छ ।
तालिमको औपचारीक कार्यक्रममा क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, सहकारीका अध्यक्ष मोतिलाल ढकाल लगायतको उपस्थिति रहेको थियो ।
त्यसगैरी तालिम लगत्तै निर्माण सहकारीले लहरे बालीको बेर्ना वितरण गरेको छ । एक सय जना शेयर सदस्यलाई निशुल्क बेर्ना वितरण गरिएको सहकारीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology