देवदह । स्थापनाको ३१औं बर्ष प्रवेशको अवसरमा सगरमाथा आवासीय मावि देवदहले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । सामाजिक सेवा, खेलकुदको विकास तथा साहित्य र सृजनामा विशेष योगदान पु¥याउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
साताव्यापी कार्यक्रममबारे जानकारी गराउँदै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले निरन्तर रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको सगरमाथाले हरेक साता सञ्चालन गर्ने अतिरिक्त क्रियाकलाप बाहेक विशेष अवसरमा थप कार्यक्रमहरु गर्ने गरेको बताए । ‘सप्ताहव्यापि कार्यक्रम सहित आगामी फाल्गुन ७ गते वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउने तयारी गरिरहेका छौं ।’ पौडेलले भने, ‘त्यसैको पुर्व सन्ध्यामा सप्ताहव्यापी रुपमा खेलकुद र साहित्यका कार्यक्रम सञ्चालन भइरहेको छ ।’
कार्यक्रम संयोजक सुजाता रानाका अनुसार माघ २८ र २९ गते देवदह नगरपालिका स्तरीय अन्तर मावि सगरमाथा छात्रा भलिवल प्रतियोगिता सञ्चालन गरिनेछ । यसैगरी फाल्गुन २ देखि ४ गतेसम्म निशुल्क बृहत् स्वास्थ्य शिविर, फाल्गुन २ गते नै जिल्ला स्तरिय अन्तर मावि कविता रचना एवम् वाचन प्रतियोगिता, ५ गते अभिभावक खेलकुद कार्यक्रम र फाल्गुन ६ गते पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले स्वास्थ्यको लागि खेलकुद महत्वपूर्ण रहेको बताउँदै खेलकुदका कार्यक्रम निरन्तर रुपमा गरिनुपर्ने उल्लेख गरिन् । ‘खेलकुदको विकासको लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।’ उनले भनिन्, ‘विद्यालयसँग पनि नगरपालिका हातेमालो गरेर अगाडि बढ्न चाहन्छ ।’ वडा नं ७ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले विद्यार्थीहरुले अध्ययनसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढानुपर्ने बताए ।
यसैविच सोमवार सम्पन्न छात्रा भलिवल प्रतियोगितामा ६ वटा खेल सम्पन्न भएका छन् । कुल १२ वटा विद्यालय सहभागि प्रतियोगिता दुई पोलमा खेलाइएको थियो । जस अन्तर्गत पहिलो खेल ए पोलमा रहेका सेभेनस्टार ईङ्गलिस बोर्डिङ्ग स्कुल विरुद्ध कोलिय इङ्गलिस बोर्डिङ्ग स्कुल विच भयो । उक्त खेलमा कोलिय ११–२५ र २३–२५ को सोझो सेटमा विजयी भयो । दोश्रो खेलमा पोल बि को न्यू लुम्बिनी ईङ्गलिस बोर्डिङ्ग स्कुल विजयी भयो । सगरमाथा अवासिय मावि विरुद्ध न्यू लुम्बिनीले १७–२५ र १२–१५ को जित निकाल्न सफल भयो । उक्त खेलमा सगरमाथाले दोश्रो सेट २२–२५ ले जितेपनि हार व्यवहोर्न पुग्यो ।
त्यस्तै तेश्रो खेलमा सगरमाथा वि ले देवदह मदरटङ्गस एकेडेमी लाई १५–२५ र ११–२५ को सोझो सेटमा पराजित ग¥यो । सोमवारनै सम्पन्न चौथो खेलमा देवदह बुद्ध पब्लिक इङ्गलिस बोडिङ्ग स्कुलले जित हात पा¥यो । बुद्ध पब्लिकले महामाया भवानी माविलाई १६–२५ र २२–२५ को सोझो सेटमा पराजित ग¥यो ।
यसैगरि सेमिफाइनल प्रवेसका लागि सोमवारै सम्पन्न पोल ए तर्फको क्वाटर फाईनलमा मदरल्याण्ड एकेडेमि विजयी भएको छ । कोलिय विरुद्धको खेलमा २२–२५ र १४–२५ को सोझो सेटमा मदरल्याण्ड विजयी भएको हो । त्यसैगरि पोल वि तर्फको अर्को क्वाटर फाइनलमा देवदह ईङ्गलिस बोर्डिङ्कले जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ । न्यू लुम्बिनी विरुद्धको खेलमा देवदह १७–२५ र १०–२५ को साोझो सेटमा विजयी भयो ।
प्रतियोगिता अन्गर्तत मंगलवार सेमिफाईनल प्रवेशका लागि ग्रिन प्लान्ट ईङ्गलिस बोर्डिङ्ग स्कुल र सगरमाथा वि तथा अर्को खेलमा न्यू नमुनाले बुद्ध पब्लिकको सामना गर्ने खेल संयोजक सुजाता रानाले जानकारी दिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology