Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा एच.पि.भी खोप अभियान सुरु

देवदहमा एच.पि.भी खोप अभियान सुरु

images
  • देवदहमा एच.पि.भी खोप अभियान सुरु
    images
    images

    देवदह l देवदह नगरपालिकामा एच.पि.भी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सुरु गरिएको छ। देवदह माध्यमिक विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ निरीक्षक माया पुनले एच.पि.भी खोपको आवश्यकताको बारेमा जानकारी दिँदै पाठेघरको मुखको क्यान्सरबाट जोगिन यो खोप अत्यन्त प्रभावकारी रहेको बताइन्। उनले १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा जोड दिइन्।

    images
    images
    images

    देवदह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले क्यान्सरको उपचार कठिन हुने भएकाले बालिका तथा महिलाहरूलाई यसबाट जोगाउन खोप अनिवार्य गर्नुपर्ने बताए। साथै, उनले अभिभावकहरूलाई खोप अभियान सफल बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरे।

    images
    images
    images

    देवदह नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरका ३३ खोप केन्द्रमार्फत ३ हजार ४ सय ४ किशोरीलाई खोप लगाइने छ। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गरिनेछ।

    स्वास्थ्यकर्मीहरूका अनुसार एच.पि.भी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यून गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। अभिभावकहरूको सहकार्यमा अभियानलाई प्रभावकारी बनाउन सबै निकायहरू जुट्नुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

    भिडियो हेर्नुहोस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।