०५ बैसाख बुटवल- राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट विसं २०७४ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट निर्वाचित थापाले दल त्याग गरेको सूचना माओवादी केन्द्रले गराएपछि उनी सांसद पदबाट मुक्त भएका थिए ।
थापाले दल त्यागेको सूचना राष्ट्रिय सभाले आइतबार जारी गरेसँगै थापा मन्त्री पदबाट पनि मुक्त भएका थिए ।
अहिले उनी सांसद सदस्य नभएका व्यक्ति मन्त्री हुने अर्को संवैधानिक व्यवस्था अनुसार मन्त्री भएका हुन् र उनी सांसद नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाउनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology