Logo

२०८३, श्रावण २७गते


images
images

सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा, २८ प्रतिशत भाडा वृद्धि

सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा, २८ प्रतिशत भाडा वृद्धि

images
  • सेतोमसी सहकर्मी
  • सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा,  २८ प्रतिशत भाडा वृद्धि
    images
    images

    काठमाडौं, सरकारले सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो ।

    images
    images
    images

     

    images
    images
    images

    विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको हो । त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ ।

    images
    images
    images

     

    नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले एक हजार ६ सय ९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँबाट काकडभिट्टा जानका लागि एक हजार ४ सय ७० भाडा लाग्ने भएको छ ।

     

    भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

     

    विभागले देशभरका कूल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार शनिबारदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नयाँ भाडादर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।