Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल आइपुग्यो बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि

नेपाल आइपुग्यो बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि

images
  • नेपाल आइपुग्यो बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि
    images
    images

    काठमाडौं । बाल क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्क औषधिको पहिलो खेप आइपुगेको छ । अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिने सम्भौता भएको थियो ।

    images
    images
    images

    सोही सम्झौताअनुसार आइतबार पहिलो खेप औषधि आइपुगेको विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा.सुमन पन्थीले जानकारी दिए।

    images
    images
    images

    डब्लुएचओ नेपालका अनुसार क्रमैसँग थप औषधि उपलब्ध हुनेछ। पहिलो खेपमा २३०० भन्दा बढी प्याकेट औषधि आएका छन् ।

    images
    images
    images

    यी औषधीहरू क्यान्सरबाट प्रभावित बालबालिकाको उपचारका लागि प्रयोग गरिनेछन् । अहिले आएको औषधि तत्कालका लागि नेपालका ४ अस्पताललाई दिइँदैछ।

    भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र भतरपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालले औषधि पाउनेछन्।

    सरकारले २०८१ मंसिर १ गतेबाट लागु हुनेगरी तोकिएका अस्पतालहरूमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । अत्यावश्कय औषधि नि:शुल्क आएपछि उपचार सहज हुने अपेक्षा छ ।

    नेपालमा हाल बाल क्यान्सर निको हुने दर करिब ३० प्रतिशत मात्रै छ। नेपालले सन २०३० सम्म बाल क्यान्सर निको हुनेदर कम्तिमा ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

    बाल क्यान्सरको निःशुल्क औषधि आएपछि निको हुने दर बढ्ने र लक्ष्य प्राप्तिमा सहयोग पुग्ने डा.पन्थीले बताए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाल क्यान्सरको उपचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।