Logo

२०८३, आश्विन १०गते


images
images

‘१० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न निर्देशन, नगरपालिकाले कडा अनुगमन गर्ने’

‘१० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न निर्देशन, नगरपालिकाले कडा अनुगमन गर्ने’

images
  • ‘१० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न निर्देशन, नगरपालिकाले कडा अनुगमन गर्ने’
    images
    images

    देवदह । देवदहका विद्यालयलाई १० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न नगरप्रमुख ध्रुवप्रसाद खरेलले निर्देशन दिएका छन् । पैसामा मात्र केन्द्रित नहुन विद्यालयहरुलाई आग्रह गर्दै उनले १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नपाइए कारवाही गर्ने चेतावनी दिए ।

    images
    images
    images

    ‘वास्तवमै पाउनुपर्नेले छात्रवृत्ति पाएनन् कि भन्ने नगरको चिन्ता हो ।’ उनले भने, ‘जेहेन्दार र मेधावी विद्यार्थीले आर्थिक अभावमा पढ्नबाट बञ्चित हुन नपरोस्  ।’ नगर प्रमुख खरेलले छात्रवृत्ति लक्षीत वर्गका बालबालिकाले पाए नपाएको बारे यो बर्ष आफुले शुक्ष्म ढङ्कबाट अनुगमन गर्ने समेत बताए ।
     
    बुधवार बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय देवदहको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै खरेलले यथास्थितको शिक्षण सिकाई कार्यले शैक्षिक गुणस्तर कायम हुन नसक्ने उल्लेख गरे । ‘अब १०-१२ घण्टासम्म विद्यार्थीलाई विद्यालयमा राखेर बच्चाको मानसिक रुपमा विक्षिप्त पार्ने कार्यलाई पनि परिवर्तन गर्न आवश्यक छ ।’ उनले भने, ‘किताबको भारी बोकाउन विस्तारै कम गरी प्रविधिमैत्री शिक्षण सिकाई प्रकृया अवलम्बन गरौं ।’

    images
    images
    images

    कक्षा ११ र १२ लाई दिवा सेसनमा सञ्चालन गर्ने नगरको निर्णयलाई कतिपय संस्थागत विद्यालयले पालना नगरेको तर्फ इङ्कित गर्दै नगरप्रमुख खरेलले राज्यले लागु गरेका नियमलाई पालना गर्नुपर्नेमा जोड दिए ।  देवदह नगरपालिकाकालाई शिक्षाको हव बनाउनेगरि काम गरिरहेको बताएका उनले नयाँ युग अनुरुप नयाँ–नयाँ टेक्निक हरुको प्रयोग मार्फत यस क्षेत्रको शैक्षिक संस्थाहरुलाई एकरुपता दिदै देवदहलाई शैक्षिक हव बनाइने बताए ।
      
    देवदहमा सामुदायिक र संस्थागत गरि ४० भन्दा बढि विद्यालय रहेको उल्लेख गर्दै नगारप्रमुख खरेलले संस्थागत विद्यालयले व्यवसाय मात्र नहेरी नीति र बिधिको पालना गर्दै सामाजिक कार्यहरुमा समेत उपस्थित बढाउनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्याब्सन रुपन्देहीका सचिव बोधराज गौडेलले शिक्षा क्षेत्रमा नगरपालिकाले अनावश्यक हस्तक्षेप गर्न नहुने बताए । सामुदायिक विद्यालयमै अंग्रेजी र नेपाली माध्यमका नाममा शुल्क लिने र नलिने गरी दुईथरी विद्यार्थी पढाइएको उल्लेख गर्दै उनले राज्यले नै शिक्षामा विभेद गरेको बताए । संस्थागत विद्यालयहरुले शिक्षा सुधारमा उल्लेख्य लगानी गरेको तथा प्रविधिमैत्री र व्यवहारिक शिक्षा प्रदान गरिरहेको सचिव गौडेलको भनाइ छ ।  

    विद्यालयका अध्यक्ष जयकिसन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य कृष्णप्रसाद गैरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दे विद्यालयलाई देवदह क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा विकास गरिने बताए । सो अवसरमा एस इ इ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, शैक्षिक बर्ष २०८० का उत्कृष्ट विद्यार्थी, खेलकुद प्रतियोगिताका विजेता विद्यार्थी र अन्य बिधाका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

    शिक्षक अनन्तराम भण्डारी र कविता न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका उपाध्यक्ष हरिप्रसाद ढुंगाना र विद्यार्थी अनुस्का भण्डारी स्वागत गरेका थिए । 

    कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्किने प्रस्तुति तथा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतीहरु समेत पस्किएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।