Logo

२०८३, कार्तिक २८गते


images
images

पाथीभरा केबलकार सन्दर्भमा तथ्यपरक समाचार सम्प्रेषण गर्न महासङ्घको आग्रह

पाथीभरा केबलकार सन्दर्भमा तथ्यपरक समाचार सम्प्रेषण गर्न महासङ्घको आग्रह

images
  • पाथीभरा केबलकार सन्दर्भमा तथ्यपरक समाचार सम्प्रेषण गर्न महासङ्घको आग्रह
    images

    काठमाडौं । नेपाल पत्रकार महासङ्घले ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुम्लुङ ) केबलकार परियोजना र नो  केबलकार समूहबीच भइरहेका विकासक्रमहरूको बारेमा समाचार प्रसारणको सम्बन्धमा आएका टिप्पणीहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ।

    images
    images
    images

    महासंघका महासचिव रामप्रसाद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानद्वारा ग्यारेन्टी गरिएको पत्रकारहरूको निर्बाध प्रेस स्वतन्त्रताको उपभोग गर्ने अधिकारको सम्मान गर्नु प्रत्येक पक्षको जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    कुनै पनि पक्ष लिई वा त्यस्तो बहाना बनाएर पत्रकारसँग दुर्व्यवहार गर्नु र अनावश्यक दबाब दिनु स्वतन्त्रता र व्यावसायिक पत्रकारितामाथिको हस्तक्षेप भएको उल्लेख गर्दै महासङ्घले उक्त कार्यप्रति खेद व्यक्त गरेको छ ।

    images
    images

    महासङ्घले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारहरूलाई समाचार सङ्कलन र सम्प्रेषण गर्न सहज वातावरण प्रदान गर्न महासङ्घले सम्बन्धित पक्षहरूको ध्यानाकर्षण समेत गराएको छ ।

    महासङ्घले अहिले भइरहेका घटनालाई सन्दर्भित गर्दै पत्रकारिताको व्यावसायिक मर्यादा कायम राख्न र पत्रकार आचारसंहिताको दायरा भित्र रहेर तथ्यपरक, निष्पक्ष र मर्यादित समाचार र सूचना प्रदान गर्न सम्बन्धित सबै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अनुरोध समेत गरेको छ।

    press-release-10-fagun.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासङ्घ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।