बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अंगिकार गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । ४३ औं मगर संघ स्थापना दिवसको शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले सरकारी कामकाजीको भाषाको रुपमा मगर भाषालाई समेट्न आफु लागि परेको जनाएका हुन् ।
“लुम्बिनी प्रदेशसभा विभिन्न जात–जाति, भाषा–भाषि, धर्म, संस्कृति, लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माणमा प्रतिवद्ध छ ।” शुभकामना सन्देशमा उल्लेख छ–“ मगर समुदायको भाषा, संस्कृति मौलिक पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्दै संवैधानिक अधिकारलाई स्थापित गर्न लुम्बिनी प्रदेश सभा प्रतिवद्ध छ र प्रतिवद्ध भई निरन्तर लागिरहने विश्वास पनि दिलाउन चाहन्छु ।”
"आदिवासी जनजातिमा सूचिकृत मगर समुदाय जनसांख्यीय कोणबाट नेपालको सबैभन्दा ठूलो समुदाय हो । नेपालमा प्रजातन्त्रदेखि लोकतन्त्र हुँदै गणतन्त्र स्थापनाको लागी यो समुदायको महत्वपूर्ण योगदान रहेको जनयुद्ध र जनआन्दोलन लगायत सबै पहिचानका आन्दोलनमा यो समुदायको अग्रणी भूमिका रहेको छ", सभामुखको सन्देशमा उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology