Logo

२०८३, आश्विन १०गते


images
images

स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान : स्वास्थ्यमन्त्री सारु

स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान : स्वास्थ्यमन्त्री सारु

images
  • स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान : स्वास्थ्यमन्त्री सारु
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ  स्थापना दिवसका अवसरमा विहिबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा सुधार तथा बिस्तारका लागि सरकार सहकार्य र सहयोगकामा सधै तयार रहेको बताए । 

    images
    images
    images

    मन्त्री सारूले अस्पतालमा सेवालाई थप गुणस्तर गराउन समेत आग्रह गरे । स्वास्थ्य सेवा लिन आउने नागरिक हिजोको जस्तो नभएको उल्लेख गर्दै उनले सेवाग्राही धेरै सचेत भैसकेको र कुनै पनि कमजोरीहरु भेटिएमा तुरुन्तै प्रतिक्रिया जनाउन सक्ने भएकाले सधै सचेत भएर सेवामा लाग्न आग्रह गरे । उनले सेवाग्राहीसँग मुस्कानसहितको व्यवहार गर्न आग्रह गरे । प्रदेश सरकारले गौरव आयोजनामा राखेर लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भवनको निर्माण कार्य जारी रहेको बताउँदै यसका लागि संघीय सरकार, प्रदेश र स्थानीय बीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।

    images
    images
    images

    यसैगरी निजी स्वास्थ्य संस्थालाई नियमन गर्ने सवालमा समेत मन्त्रालयले तयारी थालेको उनले बताए । कतिपय निजी स्वास्थ्य संस्थाहरुले दर्ता तथा सूचिकरण नगरीकन सञ्चालनमा आएको बताउँदै त्यस्ता संस्थाहरुलाई नियमन गर्ने तयारीमा रहेको जानकारी गराए । गरिव तथा विपन्न परिवारका लागि निजी स्वास्थ्य संस्थाहरुले समेत कम्तिमा १० प्रतिशत उत्तरदायित्व बहन गर्नुपर्ने भए पनि सो कुरा कार्यान्वयन भएको बताउँदै सरकारले कडाईकासाथ नियमन गरी कार्यान्वयनमा लैजाने तयारी गरिरहेको उल्लेख गरे । 

    images
    images
    images

    लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले बुटवल आर्थिक सुस्तताको मारमा परेको बताउँदै लुम्बिनी प्रादेशिक अस्पतालको बिकास गर्न सकेमा समग्र लुम्बिनी प्रदेशको परिचय र पहिचान बदलिने उल्लेख गरे । सेवालाई थप गुणस्तर गराउँदै आधारभूत स्वास्थ्य सेवाको बिस्तार र विशिष्टिकृत सेवामा केन्द्रित हुन आग्रह गरे । यसका साथै सीमा क्षेत्रमा रहेका भारतीयहरुलाई समेत अस्पतालमा ल्याउने वातावरण सिर्जना गरि ठूलो आर्थिक लाभ लिन सकिने बताए । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले कतिपय अवस्थामा सेवाग्राही र सेवा प्रदायक बीच मनमुटाव हुने गरेका बताउँदै यस प्रकारका कमजोरी हुन नदिन अस्पताल परिवार सधै चनाखो बन्न आग्रह गरे । 

    अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवाग्राहीको चाप र यहाँ उपलब्ध संरचना तथा जनशक्ति बीच ठूलो भिन्नता भएको उल्लेख गर्दै उक्त कुरालाई जनताबीच पुर्याउन आवश्यक रहेको ठहर गरे । नेपाल सरकारको सेकेण्डरी बी लेभलमा रहेको यस अस्पतालमा न्यूनतम सेवा मापदण्डमा मुलुककै पहिलो स्थानमा ल्याउन अस्पताल परिवारले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे । अस्पतालमा भएका समस्याहरुलाई निराकरण गर्नका लागि अस्पताल विकास समिति, प्रशासन र विभागीय प्रमुखबीच समन्वय भैरहनु पर्ने आवश्यकता औल्याए । अस्पतालको नयाँ बन्दै गरेको भवनबाट कसरी सेवा प्रदान गर्ने अहिलेदेखि नै तयारी गर्नुपर्ने बताउँदै अध्यक्ष श्रेष्ठले अन्तरक्रियामा सहभागी हुन अस्पतालका विभागीय प्रमुखहरुलाई आग्रह गरे । ‘हामीले भवन मात्र बनाउने होइन, त्यसमा चाहिने उपकरण र साधन स्रोत प्रयाप्त हुन आवश्यक छ ।’–अध्यक्ष श्रेष्ठले भने, ‘स्पतालमा कार्यरत चिकित्सक तथा विभागीय प्रमुखहरुले छलफललाई अगाडि बढाउनुहोस्, कुनै पनि समय सुझाब सल्लाह लिन म तयार छु ।’ 

    अस्पताल बिकास समिति सदस्य लक्ष्मी भट्टराईले अस्पतालमा जनताको आकर्षण बढ्दै जाँदा सेवाग्राहीको चाप पनि बढेका कारण यसलाई चुनौतिका साथै अवसरका रुपमा समेत लिनुपर्ने बताइन् । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले वार्षिका प्रगति प्रतिवेदन तथा आगामी दिनमा गर्ने योजनाहरु बारे जानकारी गराएका थिए । अस्पताल प्रदेश सकारकार मातहत गएपछि उल्लेख्य रुपमा परिवर्तन आएको दाबी गर्दै ढकालले बिस्तारिक अस्पताल सेवा कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे । अस्पतालमा वार्षिक साढे ३ लाखले स्वास्थ्य सेवा लिएको तथ्याङ्क प्रस्तुत गर्दै प्रसुती सेवाको क्षेत्रमा उल्लेख्य प्रगति भएको जानकारी गराए । 

    कार्यक्रममा बोल्दै मेसु ढकालले अस्पतालमा २ महिना भित्रै आफ्नै ब्लबैंक स्थापना गर्ने योजना रहेको सुनाए । यसैगरी मेमोग्राफी मेशिन सञ्चालन स्तन क्यान्सरको स्क्रिनिङ सेवा सञ्चालन गर्ने तथा पित्त थैलीमा पत्थरी अपरेशनका लागि पालो कुरेर बसिरहेका सेवाग्राहीका लागि छुट्टै प्याकेजको कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी गराए । 

    कार्यक्रमा २५ वर्ष सेवा अवधि पूरा गरेका तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यसैगरी अस्पतालले स्थापना दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा सहभागी भई विजेता बनेकाहरुलाई पुरस्कार वितरण तथा सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले गरेका थिए । सो अवसरमा अस्पतालका गतिविधि समेटिएको स्मारिका ‘जिवक–३’ विमोचन गरिएको छ । 

    डिजिटल पेमेन्टसहितका सेवा बिस्तार

    अस्पतालको स्थापना दिवसको अवसरमा स्वास्थ्यमन्त्री सारुले डिजिटल पेमेन्ट काउन्टरको सुरुवात गरेका छन् । उक्त काउन्टरबाट सेवाग्राहीले डिजिटल माध्यमबाट टिकट काट्ने तथा भुक्तानी सेवा लिन सक्ने छन् । यसैगरी अस्पतालको ईएनटी (नक, कान, घाँटी) उपचार कक्षमा अडियोग्राम, टिम्पानोग्राम र ओएई टेस्ट सेवाको सुरुवात गरेका छन् । अस्पतालमा इकोकार्डियोलोजीतर्फ ट्रेडममिल टेस्ट(टिएमटी), हल्टर मनिटरिङ तथा एबीपीएम सेवाको शुभारम्भ गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।