Logo

२०८३, कार्तिक २८गते


images
images

देवदह नगरपालिकाले मातृभाषाको पाठयक्रम तयार गरीरहेको छ : नगर प्रमुख खरेल

देवदह नगरपालिकाले मातृभाषाको पाठयक्रम तयार गरीरहेको छ : नगर प्रमुख खरेल

images
  • देवदह नगरपालिकाले मातृभाषाको पाठयक्रम तयार गरीरहेको छ : नगर प्रमुख खरेल
    images

    देवदह । देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिकाले मातृभाषाको पाठयक्रम तयार गरीरहेको बताएका छन् । शिक्षाको विकासले मात्र समृद्धि प्राप्त गर्न सकिने भएकोले देवदह नगरपालिकाले शिक्षामा लगानी गरिरहेको उनले बताए ।

    images
    images
    images

    बिहिवार रुपन्देहीको देवदह–१, राजावारीमा नेपाल मगर संघ देवदह नगर समितिले ४३ औं मगर संघ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख खरेलले शिक्षालाई महत्व दिनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    "नेपाल बहुजाती, बहुभाषाी, धर्म, संस्कार भएको देश भएकोले सवैको संरक्षण, सम्वद्र्धन गर्न आवश्यक छ ।" प्रमुख खरेलले भने, "शिक्षाको समुचित विकासले मात्र सबै धर्म संस्कृतिको सम्मान हुन्छ ।"

    images
    images

    लोकतन्त्रमा एउटा पक्ष कमजोर भएमा समृद्धि प्राप्त गर्न नसकिने उल्लेख गर्दै प्रमुख खरेलले सवै एक भएर अगाडि बढ्नु पर्ने बताए । उनले देवदह नगरपालिकाले मगर संघ स्थापना दिवसको अवसरमा हरेक बर्ष सार्वजनिक रुपमा विदा दिदै आएको उल्लेख गरे ।

    नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमका देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री, मगर संघका केन्द्रिय लेखा सदस्य जसबहादुर पुन, बौद्ध दर्शन अध्यता टिवी पुन, देवदह नगरपालिका–१२ का वडाअध्यक्ष डेगबहादुर सारु, नेपाल मगर संघ रुपन्देहीका सदस्य टेकबहादुर पुलामी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दीपक न्यौपाने, तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदहका अध्यक्ष मनबहादुर तमु, मगर बुद्धिजीवि परिषदका यम राना लगायतले बोलेका थिए ।

    सो अवसरमा जेष्ठ नागरिक, विद्यार्थी, कलाकार, लोकसेवा परीक्षा उत्तीर्ण गर्ने, कलाकार, सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा मगर संस्कृति झल्कने विभिन्न नृत्य संगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । संघका उपाध्यक्ष किशनबहादुर थापाको स्वागत र सचिव मिलन मास्की रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।