Logo

२०८३, कार्तिक २८गते


images
images

नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५

विकासका लागि शान्ति आवश्यक : प्रधानमन्त्री ओली

विकासका लागि शान्ति आवश्यक : प्रधानमन्त्री ओली

images
  • विकासका लागि शान्ति आवश्यक : प्रधानमन्त्री ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताएका छन । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन । 

    images
    images
    images

     उनले युद्धले विनास गर्ने र शान्तिले विकास गर्ने बताए । उनले विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रवल इच्छा र सक्रिय प्रयास रहेको बताए  । नेपाल र जापानबीचको सम्बन्ध अहिले बहुआयामिक ढंगले अघि बढेको उनको भनाइ छ । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले भने, ‘युद्धले विनास गर्दछ, शान्तिले विकास गर्दछ । त्यसकारण विकासका लागि हामीलाई शान्ति चाहिएको छ । विश्वमा शान्ति छाओस् भन्ने प्रवल इच्छा र सक्रिय प्रयास पनि रहेको छ । अहिले हाम्रो सम्बन्ध बहुआयामिक ढंगले बढेको छ । हामी त्यहाँ नेपालीहरु अवसरका लागि पुगेका छन् । शिक्षा आर्जनका लागि पनि गएका छन् । अब आयात र निर्यात जस्ता कुराहरुको आदानप्रदान पनि भइरहेको छ । यसरी अब हामी एउटा नयाँ व्यापार विकासका साझेदारी हौँ । अब विकासको साझेदारीका लागि आइटी, एआईको जमानामा नयाँ ढंगले अघि बढिरहेका छौँ ।’

    images
    images

    प्रधानमन्त्री ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने धारणा राखे । गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यवसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ ल्भिायेको आयोजनामा यही फाल्गुन १४ देखि १६ गतेसम्म जारी रहनेछ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।