भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकामा एकजनाको हत्या भएको छ । शनिबार बिहान मायादेवी–२, का २९ वर्षीया राजु सिंह लोधको गोली प्रहारबाट हत्या गरिएको स्थानीयले बताएका छन् ।
घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको छ । प्रहरी नायब उपरीक्षक सुरज कार्कीले हत्या भएको पुष्टि गरे पनि कारण नखुलेको बताए ।
"घटना कसरी घटयो भन्नेबारे अनुसन्धान भैरहेको छ ।" उनले भने, "घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने देखिएको छ ।"
स्थानीयले भने बिहान गोलीको आवाज सुनिएकाले गोली प्रहारबाट हत्या भएको हुन सक्ने बताएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology