देवदह । लुम्विनी प्रदेश सभाका सदस्य निर्मला चौधरीले महिलाहरु चुलो चौकोमा मात्र सिमित हुन नहुने बताएकी छन् । महिलाहरु हरेक विषयमा सक्षम हुनुपर्ने भन्दै उनले परिवार र समाजले त्यसको लागि वातावरण वनाइदिनुपर्ने उल्लेख गरिन् ।
११५औं नारी दिवसको अवसरमा कोलिय देवदह वचत तथा ऋण सहकारी संस्थाले दिदिबहिनी क्लवका अध्यक्ष र सचिवहरुका लागि आयोजना गरेको ३ दिने नेतृत्व विकास तालिमको बुधवार देवदहमा उद्घाटन गर्दै उनले महिला सशक्तिकरणका लागि तालिम उपयोगी हुने विचार व्यक्त गरिन् । ‘सिकेका कुरालाइ व्यवहारमा लागू गर्दै जानुपर्छ ।’ प्रदेश सभा सदस्य चौधरीले भनिन्, ‘मैले यस क्षेत्रका महिलाहरु सक्षम भएर हरेक क्षेत्रको नेतृत्व गरेको देख्न चाहन्छु ।’
आफुले प्रदेश सरकार मार्फत देवदहका महिलाहरुको नेतृत्व विकास होस् भन्ने उद्धेश्यले विभिन्न तालिमका लागि बजेट विनियोजन गरेपनि पछिल्लो क्रममा राज्यको नीतिका कारण कार्यक्रम कटौती भएको बताईन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुप्रसाद पौडेल, रुका सापकोटा, इश्वरी प्रसाद ढुंगाना लगाएतले बोल्दै संस्थाले सदस्यहरुको आर्थिक रुपान्तरणसंगै महिला सशक्तीकरणको कार्यलाइ समेत अगाडि बढाएकोमा खुसी व्यक्त गरे । उनीहरुले निरन्तरता बाट सिकाइ र उपलव्धी हासिल हुने बताउँदै आगामी दिनमा संस्थाले तलिमका उपलब्धीहरु मापन गर्नुपर्ने समेत सुझाब दिए ।
घोडाहा र सितलनगर सेवा केन्द्र अन्तर्गतका २२ वटा दिदी वहिनी क्लवका ४२ जना महिलाहरु सहभागि भएको तालिममा संस्थाका सल्लाहकार शुभकान्त न्यौपाने र व्यवस्थापक विनोद पराजुलीले सहजिकरण गर्ने कोषाध्यक्ष हरि भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार वार्षिक क्यालेण्डर बमोजिम सञ्चालित तालिम अन्गर्तत शिवपुर सेवा केन्द्र र खैरेनी सेवा केन्द्रमा तालिन सञ्चालन भएको र फाल्गुन २२ गते देखि ढेकावर सेवा केन्द्रमा समेत तालिम सञ्चालन हुनेछ ।

उद्घाटन समारोह संस्थाका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता, महिला त्था बाल व्यवस्थापन उप समिती संयोजक पार्वती न्यौपानेको स्वागत र सचिव कृष्णराज पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology