देवदह । देवदह नगरपालिकामा नसर्ने रोग पहिचानको लागि १ महिने अभियान संचालन भैरहेको छ । अभियान अन्तर्गत विभिन्न वडाका स्वास्थ्य सेवा केन्द्रमा 'मास स्क्रिनिंग' गरिएको छ ।
नगरपालिकाको वडा नं ११ बाट सुरुभएको अभियान वडा नं ६ हुँदै वडा नं ७ सम्म आइपुगेको आधारभूत स्वास्थ्य सेवा केन्द्र शितलनगरका प्रमुख हेमलाल कुँवरले जानकारी दिए । बुधबार सेवा केन्द्रमा 'मास स्क्रिनिंग' गरिएको र १२५ जनाले सेवा लिएको उनले बताए ।
'मास स्क्रिनिंग'मा ३० वर्ष माथिका महिला तथा पुरुषलाई मधुमेह, रक्तचाप, मृगौला सम्बन्धि रोगको जाँच र बडी मास इन्डेक्स (बिएमइ) जाँच गरिएको सेवा केन्द्रले जनाएको छ । जाँच गर्न आउने अधिकांशमा उच्च रक्तचाप र मधुमेह देखिएको स्वास्थ्यकर्मीले जनाएका छन् ।
देवदह नगरपालिकामा ६०० जनाको जाँच गर्ने लक्ष्य लिइएको नगर स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology