देवदह । पाल्पाली सामुदायिक वन उपभोक्ता समूह देवदह–६, केउलीले यस आर्थिक बर्षमा ७ हजार ३ सय ९६ क्यूफिट वन पैदावर (काठ÷दाउरा) संकलन गर्ने भएको छ । डिभिजन वन कार्यालय रुपन्देहीले वन व्यवस्थापन कार्ययोजना–२०७९ बमोजिम यस आर्थिक बर्षमा उक्त परिमाणको वन पैदावर निकासी गर्न समुहलाई स्वीकृति प्रदान गरेको हो ।
स्वीकृति बमोजिम समूहले पुनररुत्पादन कटान तर्फ विभिन्न जातका ५८ वटा रुखबाट ३ हजार २०२।४९ क्यू फिट र ढलापडा तर्फ ६० वटा रुखबाट ४ हजार १९३।९६ क्यूफिट काठ÷दाउरा संकलन गर्ने समुहका अध्यक्ष सरोज थापाले जानकारी दिए ।
समुहलाई दिइएको स्वीकृतिमा पुनरुत्पादन कटान तर्फ साल ६७६।८१ क्यूफिट, असना एक हजार ४६६।५५ क्यूफिट र अन्य जातका एक हजार ५९।१३ क्यूफिट काठ संकलन गर्ने समुहले जनाएको छ । यसैगरी ढलापडा तर्फ साल तिन हजार १३५।४१ क्यूफिट, असना ३५४।८४ क्यूफिट र अन्य जातका ७०३।७१ क्यूफिट काठ संकलन गरिने छ । समुहले पुनरुत्पादन कटान तर्फ ११।९ चट्टा र ढलापडा तर्फ १२।२ चट्टा दाउरा संकलन गर्ने स्वीकृति पाएको जनाएको छ ।
स्वीकृति अनुसार समुहले देवदह सव डिभिजन वन कार्यालय सितलनगरसँग समन्वय गरेर काठ दाउरा सङ्कलन गर्नु पर्नेछ । वि.सं. २०७९ सालबाट दीगो वन व्यवस्थापनको कार्ययोजनामा रहेर काम गरिरहेको वनले वैज्ञानिक र दिगो वन व्यवस्थापनबाट काठ दाउरा उत्पादन मात्र नभइ बनको हैसियत समेत सुधार गर्दै आएको छ ।
समूहले यस आर्थिक वर्षको वन पैदावर संकलन काठ÷दाउरा कटान मुछान कार्य स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, समूहका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी, प्रहरी प्रशासनको उपस्थितिमा सुरु गरिएको समुहले जनाएको छ । कार्यक्रममा देवदह नगरपालिका–६, का वडाअध्यक्ष खेमबहादुर थापा, सवडिभिजन वन कार्यालय शितलनगरका प्रमुख रन्द्रिनाथ चौधरी, गाउँ वन समन्वय सञ्जालका पदाधिकारी, प्रहरी प्रशासन, सञ्चारकर्मी तथा टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology