Logo

२०८३, आश्विन १०गते


images
images

वुमन्स डे कप : पहिलो खेलमा आज नेपालले नामिबियासँग खेल्दै

वुमन्स डे कप : पहिलो खेलमा आज नेपालले नामिबियासँग खेल्दै

images
  • वुमन्स डे कप : पहिलो खेलमा आज नेपालले नामिबियासँग खेल्दै
    images
    images

    काठमाडौं । सनिवारदेखि युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप सुरु हुँदै छ । युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी-२०आई शृंखलामा आज दुई खेल हुँदैछन् ।

    images
    images
    images

    पहिलो खेलमा युगाण्डा र हङकङ खेल्दै छन् । दोस्रो खेलमा नेपाल र नामिबिया खेल्ने छन् । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।

    images
    images
    images


    नेपालले महिला क्रिकेटमा पहिलोपटक नामिबियासँग खेल्न लागेको हो । यस शृंखलामा खेल्ने अन्य टोलीहरूसँग भने नेपाल पहिले पनि खेलिसकेको छ ।

    images
    images
    images

    नेपालले फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

    यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।


    को को खेल्द्सिछन नेपालको टोलीबाट : 

    इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वुमन्स डे कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।