Logo

२०८३, आश्विन १०गते


images
images

वुमन्स डे कपको पहिलो खेलमा नेपाल पराजित

वुमन्स डे कपको पहिलो खेलमा नेपाल पराजित

images
  • वुमन्स डे कपको पहिलो खेलमा नेपाल पराजित
    images
    images

    काठमाडौं । युगाण्डामा आजदेखि सुरु भएको वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

    images
    images
    images

    नामिबियाले नेपाललाई डिएल पद्धतिअनुसार ६ विकेटले हराएको हो । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा पानी परेको थियो ।

    images
    images
    images


    वर्षा रोकिएपछि नामिबियालई डिएल पद्दतिका आधारमा १५ ओभरमा ७१ रनको लक्ष्य प्राप्त भएको थियो । उक्त लक्ष्य नामिबियाले एक बल बाँकी रहँदा ४ विकेटको क्षतिमा भेट्टायो ।

    images
    images
    images

    अन्तिम ओभरमा १० रन बाँकी रहँदा बलिङमा आएकी पुजा महतोको बलमा फिल्डर राजमती ऐरीले महत्वपूर्ण क्याच छाडेकी थिइन् । उक्त क्याच मिस नेपालका लागि महंगो साबित भयो ।

    नामिबियाका मेकेलाए मातिलले सर्वाधिक २६ रन बनाइन् । अरास्ता डिरगार्ट १३ रनमा अविजित रहिन् । नेपालका लागि पुजा महतो, कविता जोशी, ईश्वरी विष्ट र इन्दु बर्माले १-१ विकेट लिए ।


    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नामिबियालाई ९३ रनको लक्ष्य दिएको थियो । नेपाल २० ओभरमा ९२ रनमा अलआउट भएको हो ।


    नेपालका लागि सम्झना खड्काले १८ तथा कविता जोशीले १६ रन बनाए । पुजा महतोले १३ रन बनाइन् । ईश्वरी विष्ट १७ रनमा अविजित रहिन् ।


    नामिबियाका लागि विल्का मतिले र मेकेलाए मातिलेले ३-३ विकेट लिए । केलन ग्रिनले २ तथा आरास्ता डिरगार्टले १ विकेट लिइन् ।

    आजै भएको अर्को खेलमा युगाण्डाले पनि हङकङलाई पराजित गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।