Logo

२०८३, कार्तिक २७गते


images
images

कैलालीमा जीप दुर्घटना: एककाे मृत्यु, तीन जना घाइते

कैलालीमा जीप दुर्घटना: एककाे मृत्यु, तीन जना घाइते

images
  • कैलालीमा जीप दुर्घटना: एककाे मृत्यु, तीन जना घाइते
    images

    धनगढी । दिपायलबाट कैलालीको धनगढी आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    images
    images
    images

    दुर्घटनामा २ जना घाइते भएका छन्। शनिबार राति कैलालीको चुरे गाउँपालिका- ५ निङलाडीस्थित भीमदत्त राजमार्गमा सुपप्र ०१-००१ ज १५२२ नम्बरको जीप आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    images
    images
    images

    उक्त दुर्घटनामा चालक डोटीको सायल गाउँपालिका- ४ भाङयारेका २२ वर्षीय शंकर बोगटी घाइते भएका हुन्। घाइते बोगटीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ। उक्त जिपमा सवार अन्य तीन जना भने घाइते भएका छन्।

    images
    images

    घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका- १ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका- ६ बस्ने १६वर्षीया कविता साउद रहेका छन्।

    घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। जीप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कैलालीमा जीप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।