Logo

२०८३, आश्विन ९गते


images
images

संघार समुह देवदहले गरेको आकस्मिक रक्तदान कार्यक्रमा ३५ पिन्ट रगत संकलन

संघार समुह देवदहले गरेको आकस्मिक रक्तदान कार्यक्रमा ३५ पिन्ट रगत संकलन

images
  • संघार समुह देवदहले गरेको आकस्मिक रक्तदान कार्यक्रमा ३५ पिन्ट रगत संकलन
    images
    images

    देवदह । संघार समूह देवदह ९ र १० को आयोजनामा आइतवार सम्पन्न रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको छ । बुटवल र आसपासका क्षेत्रमा रगत अभाव भएपछि त्यसलाई पुरा गर्न आकस्मिक रुपमा आयोजित कार्यक्रममा उक्त रगत संकलन भएको हो ।

    images
    images
    images

    कार्यक्रममा रक्तदातालाई रक्त व्याग हस्तान्तरण गर्दै देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले समय समयमा देवदह क्षेत्रमा हुने रक्तदान कार्यक्रमले यस क्षेत्रको रगत अभावलाई कम गरेको बताए । उनले ‘रगत दिए रगत पाइन्छ’ भन्ने मान्यतालाई आत्मसाथ गर्न सके कहिल्यै रगत अभाव नहुने उल्लेख गरे । 

    images
    images
    images

    ‘मन मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी, काँधमा जिम्मेवारी’ भन्ने नारा सहित सामाजिक कार्यमा सक्रिय रहेको समुहले यसअघि पनि समय समयमा रक्तदान कार्यक्रम गर्दै आएको जनाएको छ । ‘हामीले कोभिडका बेला पनि मानिसहरु घरभित्रै बसिरहेका बेला खुला रुपमा रक्तदान कार्यक्रम गरेका थियौं ।’ वडा नं ९ का अध्यक्ष समेत रहेका क्लवका अध्यक्ष मोहनबहादुर जिसीले भने, ‘जहाँ दुग्छ, त्यहाँ संघार पुग्छ ।’

    images
    images
    images
    mohan gc.jpg


    रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा समाजका जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीको विशेष उपस्थिती रहेको कार्यक्रम संयोजक पुकार केसीले जानकारी दिए । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।