देवदह । देवदह नगरपालिका वडा नं ९ ले श्रीमद्भागवत महापुराण तथा दह धार्मिक महोत्सव संचालन गर्ने भएको छ । दहको प्रचार, छाडा चौपाय व्यवस्थापन तथा सन्दीप आधारभूत विद्यालयको अक्षयकोष स्थापनार्थ महोत्सव आयोजना गरिएको वडा अध्यक्ष मोहन जिसीले जानकारी दिए ।
बौद्धकालीन देव दह धार्मिक र ऐतिहासिक रहेकोले यसको प्रचारले पर्यटन प्रवर्धन हुने भएकोले महोत्सवले देवदहको विकासमा महत्वपूर्ण योगदान दिने वडा अध्यक्ष जिसीको भनाइ छ ।
"बुद्धको मावली देवदहमा आमा मायादेवीले यही दहमा आएर स्नान गरेको ईतिहास छ । यो दह समय संङ्गसगैं पछाडी पर्दै गएको छ । देवताहरु पनि यहि दहमा आएर स्नान गरेकाले यो क्षेत्रको नाम देवदह रहेको हो । वडा अध्यक्ष जिसीले भने, "चैत्र २१ देखि २८ गतेसम्म संचालन हुने महोत्सवले देवदहको अध्यात्म, पर्यटन र शिक्षा तिनै क्षेत्रको विकासमा योगदान दिनेछ ।"
महोत्सवको उद्घाटन चैतन्य कृष्णले गर्ने र पं. चन्द्रकान्त काफ्लेले कथावाचन गर्ने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology