काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिवार बिहान भएको मोटरसाइकल दुर्घनामा परि एक जनाको मृत्यु भएको छ ।
बिहान ४ः३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भइ ललितपुर धापाखेल बस्ने २६ बर्षिय सुकराम तामाङको मृत्यु भएको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए । तामाङ्गको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
रा १ ख २६२२ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको र चालक फरार सहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology