काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले पूर्व विशिष्टहरुलाई सेवा सुविधा थप्ने भनेर सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको बताएका छन् । आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्र्द उनले देशको सिमित स्रोत साधनबाट धेरै महत्वपूर्ण काम गर्नुपर्ने बताए ।
सांसद महतले देशले धान्नसक्ने गरी मात्रै सेवा सुविधा दिनुपर्ने बताउदै मिडियाले गलत समाचार संप्रेषण गरेर भ्रम सिर्जना गरेको आरोप लगाए । उनले देशको अर्थतन्त्रलाई हेर्दा बरु सेवा सुविधा घट््ने तर कुनै हालतमा नबढ्ने दाबी गरे । पूर्वविशिष्टहरुलाई दिने सेवा सुविधाका बारेमा कानुनको आवश्यकता महशुस गरेर सरकारले यस विषयमा मस्यौदा ल्याउने कुरा गरेको उनको भनाइ छ ।
महतले विगतमा जनप्रतिनिधिले शासनसत्ता चलाउने गरी नेपाली काँग्रेसले एकताको प्रतिकका रुपमा राजा स्वीकार गरेको बताए । राजाले नै जनताको अधिकार खोसेर हातमा लिएपछि गणतन्त्रको बाटो रोजेको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology