Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

देशभर मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव, वर्षा, हिमपात र हावाहुरीको सम्भावना

देशभर मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव, वर्षा, हिमपात र हावाहुरीको सम्भावना

images
  • देशभर मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव, वर्षा, हिमपात र हावाहुरीको सम्भावना
    images

    काठमाडौं । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहँदा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    images
    images
    images

    आज दिउँसो देशभर आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

    images
    images
    images

    आज राति कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ, भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ।

    images
    images

    अपराह्न समयमा कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।