Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा वन डढेलो नियन्त्रण अभियान, र्यालीसहितका सप्ताहव्यापी कार्यक्रम हुने

देवदहमा वन डढेलो नियन्त्रण अभियान, र्यालीसहितका सप्ताहव्यापी कार्यक्रम हुने

images
  • देवदहमा वन डढेलो नियन्त्रण अभियान, र्यालीसहितका सप्ताहव्यापी कार्यक्रम हुने
    images

    देवदह । रुपन्देहीको देवदहमा वन डढेलो नियन्त्रणको लागि सामुदायिक वनहरूले अभियान संचालन गर्ने भएका छन् । र्यालीसहितका सप्ताहव्यापी कार्यक्रम  गरी वन डढेलो नियन्त्रण अभियान संचालन गरिने गाउँ वन समन्वय सञ्जाल रुपन्देहीले जनाएको छ । 

    images
    images
    images

    सव–डिभिजन वन कार्यालय शितलनगरमा मंगलवार सम्पन्न बैठकले पहिलो दिन चैत ७ गते जनचेतना र्याली गर्ने निर्णय गरेको सञ्जालका अध्यक्ष खेम नारायण अधिकारीले जानकारी दिए । सञ्जालमा आवद्ध सबै सामूदायिक वनहरूको सहभागीतामा गरिने सचेतना र्यालीमा सामुदायिक वन, स्थानीय संघसंस्था र आमा समूहको समेत सहभागीता हुने अध्यक्ष अधिकारीले बताए । 

    images
    images
    images

    सव डिभिजन वन कार्यालयबाट बिहान ७ बजे सुरु हुने र्याली स्मृति सामुदायिक वन, शिवालय सामुदयिक वन हुँदै बुद्ध सामुदायिक वनको कार्यालयमा पुगेर समापन हुने जनाइएको छ । 

    images
    images

    र्यालीमा तीन सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको सञ्जालका सचिव टेक बहादुर रानाले बताए । सो अवसरमा सहभागीले प्लेकार्ड तथा सचेतनामुलक सामग्रीसमेत प्रदर्शन गर्ने जनाइएको छ । ‘सचेतना कार्यक्रम एक साता सम्म गरिने भएपनि बर्षा नहुन्लेल सम्म अग्नि नियन्त्रण रेखा निर्माण र आगलागी नियन्त्रणका अन्य कार्यक्रमहरु निरन्तर जारी रहनेछ ।’ सचित रानाले भने, ‘वन डढेलो लगाउनु कानुनी तथा सामाजिक अपराध भएकाले त्यस्तो कार्य गर्नेलाई कानुन बमोजिम कारवाही गरिनेछ ।’ उनले वन डढेलो लगाउनेबारे सूचना दिने व्यक्तिलाई सामुदायिक वनहरुले पुरस्कृत गर्ने समेत बताए ।

    gaun ban sanjal devdaha.jpeg

    डढेलो वनको दुश्मनको रूपमा रहेकोले देवदहका सामूदायिक वनहरूले डढेलो नियन्त्रणलाई प्राथमिकतामा राखेको सञ्जालका उपाध्यक्ष रुका सापकोटाले बताइन् । डढेलो नियन्त्रण सामूदायिक वनको मात्र नभएर आम नागरिकको दायित्वसमेत भएको उल्लेख गर्दै उनले जनचेतना र्यालीमा सहभागिताको लागि  सबैलाई आह्वान गरिन् । 

    फाल्गुनदेखि जेठसम्म वनमा अत्याधिक डढेकोको जोखिम हुने भएकाले आगामि तीन महिना वनमा अत्यन्तै निगरानी बढाईने सितलनगर सव डिभिजन वन कार्यालयका प्रमुख रविन्द्रनाथ चौधरीले बताए । उनले यस क्षेत्रमा रहेको वन सामुदायिक वन र साझेदारी वन अन्तर्गत रहेकाले सवै वनलाई अवको तीन महिना थप वन हेरालु व्यवस्थापन गरेर सम्भावित डढेलोको जोखिमलाई न्युनिकरण गर्न सुझाइएको जानकारी दिए ।

    सचेतना अभियान चैत १३ गते समापन हुने जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।