Logo

२०८३, आश्विन ९गते


images
images

अवैध विदेशी मुद्रासहित एकजना पक्राउ

अवैध विदेशी मुद्रासहित एकजना पक्राउ

images
  • अवैध विदेशी मुद्रासहित एकजना पक्राउ
    images
    images

    काठमाडौं । राजश्व छली गरी विभिन्न देशका मुद्राहरु अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गिरोहको एक जनालाइृ प्रहरीले पक्रेको छ । प्रहरीले मंगलवार चैत्र ४ गते राति ११ बजे काठमाडौं टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना.७ ख १६५२ नम्बरको मालवाहक ट्रकसहित करिव २५ करोड रुपैयाँ बरामद गरेको हो । 

    images
    images
    images

    ट्रकमा अमेरिकी डलर, युरो लगायतका मुद्राहरु रहेको प्रहरीले बताएको छ । मंगलवार पत्रकार सम्मेलन थरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले गाडी विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा नियन्त्रणमा लिइएको बताए । 

    images
    images
    images

    पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला सिन्चधुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भेटिएको प्रहरीले बताएको छ । 

    images
    images
    images

    बरामद रकममा अमेरिकी डलर १ सय दरका नोटहरु तीन हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरु एक सय ७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, चार सय ८०, युरो सय दरका थान ४ हजार एक सय ४८, युरो ५० दरका थान १७ हजार एक सय ७७ र मोबाइल २ थान रहेका छन् । 

    ४३ वर्षका लामा पहिला पनि एक पटक सुन तस्करीमा पक्राउ परी ५ बर्ष जेल जीवन विताएका व्यक्ति भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।