Logo

२०८३, कार्तिक २८गते


images
images

यौन व्यवसाय खुला गर्नुपर्ने प्रमुख सचेतकको भनाइ पार्टीको आधिकारिक धारणा होइन : काँग्रेस

यौन व्यवसाय खुला गर्नुपर्ने प्रमुख सचेतकको भनाइ पार्टीको आधिकारिक धारणा होइन : काँग्रेस

प्रमुख सचेतक घिमिरेलाई काँग्रेसको निर्देशन : आइन्दा त्यस खालको धारणा नराख्नु
images
  • यौन व्यवसाय खुला गर्नुपर्ने  प्रमुख सचेतकको भनाइ पार्टीको आधिकारिक धारणा होइन : काँग्रेस
    images

    काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली काँग्रेसको नभएको स्पष्ट पारेको छ ।  केही दिनअघि प्रतिनिधि सभाको बैठकमा काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए । 

    images
    images
    images

    सचेतक घिमिरेले संसदमा बोलेको विषय काँग्रेसको मंगलवार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा छलफल भएको जनाइएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले संसदमा यौन व्यवसाय खुला गर्नुपर्ने कुरा पार्टीको आधिकारिक धारणा नभएको बताए । पार्टीले यसबारेमा कुनै धारणा नबनाएको भन्दै पार्टी पंक्ति र जनमानस दुविधामा नपर्न उनले आग्रह गरे । 

    images
    images
    images

    बैठकले सचेतक घिमिरेलाई त्यस किसिमको धारणा नराख्न निर्देशन दिएको समेत प्रवक्ता महतले जानकारी दिए ।

    images
    images

    ‘एउटा विषय बाहिर हाम्रो प्रमुख सचेतकजीले संसदमा बोलेको कुराको टिकाटिप्पणी भइरहेको छ । त्यो नेपाली काँग्रेस पार्टीको आधिकारिक धारणा होइन । त्यस्तो निर्णय नेपाली काँग्रेस पार्टीले लिएको छैन । अहिले कुनै लिने अवस्था पनि छैन । त्यस्तो दृष्टिकोण बनाएको छैन ।' उनले भने, 'पार्टी पंक्ति र जनमानस दुविधामा नपरे हुन्छ । प्रमुख सचेतकजीले संसदमा यौन व्यवसायलाई खुला गर्नुपर्छ भन्ने बोल्नुभयो । त्यो उहाँको नितान्त व्यक्तिगत हो । त्यसको खालको धारणा नराख्न भनेका छौँ ।’

    बैठकमा राजावादीहरुको प्रदर्शनको बारेमा पनि छलफल भएको प्रवक्ता महतले बताए । सरकार परिवर्तनको कुरा नभएको र सर्वदलीय सरकारको चर्चा पनि नभएको उनको जिकिर छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।